
डोटी। डोटीमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्।
पूर्वीचौकी गाउँपालिका–२ वाडी निवासी ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागेर गम्भीर घाइते भएकी साउँदलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
यस्तै, सोही ठाउँकी अर्की महिला ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छन्। बिष्ट बगलेक स्वास्थ्य चौकीमा अनमीका रूपमा कार्यरत छन्। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय