
बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित बसपार्क नजिक सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार अन्दाजी ६/७ महिनाको देखिने शिशुको शव सोमवार अपराह्न ४ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको कम्मरमाथिको भाग नरहेको उनले बताए।
शवको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव भेटिएको स्थानमा विगतमा चिहानसमेत रहेकोले गाडिएको शव हुन सक्ने आशंका गरिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२ १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय