
बैतडी । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।
भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२ ०६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय