Paschim Express
लोकतान्त्रिक निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा दुर्लभ झुकाल

डडेल्धुरा  । नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ डडेल्धुराको प्रथम जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दुर्लभ झुकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम बहादुर साउदको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समितिका सबै पदाधिकारी र सदस्यलाई निर्विरोध चयन गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा राम ब. बिष्ट र तारा दत्त पनेरू रहेका छन् भने महासचिवमा सुरेश पाण्डे चयन भएका छन्। उपमहासचिवद्वयमा विक्रम बिष्ट र हर्ष ब. भाट निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा सुनिल ठकुराठी र सह-कोषाध्यक्षमा बलराम पनेरू चयन भएका छन्।

सदस्यहरूमा भवानी दत्त अवस्थी, सन्तोष कुमार खड्का, बल बहादुर गुरुङ, लोकेन्द्र गुरुङ, बसन्ति भण्डारी, हरि सि. भण्डारी, टेक बहादुर साउद र निर्मला बोगटी रहेका छन्।

अधिवेशनमा सुदूरपश्चिम लोकतान्त्रिक निर्माण व्यवसायिक संघका संयोजक मदन कुँवर, नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति रघुवर भट्ट, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थि, योजना तथा नीति आयोगका सदस्य शेर ब. भण्डारीलगायतका विशिष्ट व्यक्तिहरू तथा निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update