
धनगढी । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बा ५ च २२०९ नम्बर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
अन्य तीन जना घाइते भएका छन् । बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार मृतकको सनाखत भएको छैन ।
बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेको जीप गाउँपालिकाको २ नम्बर वडामा रहेको काडाकोटमा दुर्घटनामा परेको डीएसपी हवारीले बताए । उनका अनुसार जीप सडकबाट ८० मिटर तल खसेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय