
कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको एक कोठाबाट ४२ लाख ३७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध मोबाइल सामग्री बरामद गरिएको छ।
डडेल्धुराको आलिताल गाउँपालिका–४ स्थायी घर भई हाल गोदावरी–२ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय मानबहादुर वलीको कोठामा प्रहरीले खानतलासी गर्दा भारतबाट भन्सार छली गरी ल्याइएका करिब २,८२५ थान मोबाइल डिस्प्ले फेला पारेको हो।
उक्त सामग्रीसहित वलीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीले भन्सार ऐन विपरीतको कार्यमा संलग्न रहेको आशंकामा वलीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय