बैतडी । बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ टाक बस्ने ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ शनिबार दिउँसो १२ बजे भीरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२  १२:२५
                            
                        
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    






