
डोटी । डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमान्–श्रीमती घाइते भएका छन्।
भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा प्र ०१ ०३० च ६६०३ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २८१० नम्बरको मोटरसाइकल आइतबार दिउँसो करिब सवा १ बजेतिर एकआपसमा ठोक्किएका हुन्।
घाइते हुनेमा अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका २३ वर्षीय मोटरसाइकल चालक प्रकाश साउँद र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २२ वर्षीया सन्ध्या साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रकाशको दुवै हात, खुट्टा र भित्री शरिरमा चोट लागेको छ भने सन्ध्याको दुवै खुट्टामा चोट लागेको बताइन्छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ। घाइते दुवैलाई उपचारक लागि धनगढी पठाइएको छ।