Paschim Express
कञ्चनपुरमा दुर्घटनामा युवकको मृत्यु भएपछि महेन्द्र राजमार्ग अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले आक्रोशित हुँदै महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेका छन्।

बिहीबार बिहान टिप्परको ठक्करबाट स्थानीय ३० वर्षीय धिरेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तले  शुक्रबार विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा आगो बाल्दै महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन्।

प्रदर्शनकारीले मोटरसाइकलसमेत चल्न नदिएपछि यात्रुहरू र सर्वसाधारण घण्टौंदेखि अलपत्र परेका छन्।  मृतकका आफन्तले निष्पक्ष छानबिन, क्षतिपूर्तिसहित दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update