
बैतडी । बैतडीको पुर्चौडी नगरकार्यपालिकाको कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ।
दुवै मिर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए।
उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए। सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेकाे नगर प्रमुख दीपक बहादुर बमले बताए।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय