Paschim Express
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको  मृत्यु

डोटी। डोटीको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

दुर्घटना दिउँसो १:४० बजे मौवाको खिराधारमा भएको हो।सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गर्दा करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ। जिपमा कति यात्रु थिए भन्ने एकीन विवरण पनि आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update