Paschim Express
डडेल्धुराकाे डकलेमा सवा १० करोडमा बन्नेभयो बसपार्क

डडेल्धुरा । डडेल्धुरामा नयाँ बसपार्क निर्माणका लागि शिलान्यास गरिएको छ । जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–५ डकलेमा बसपार्क निर्माणका लागि शिलान्यास गरिएको हो । अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बसपार्क निर्माणको शिलान्यास गरे ।

नगरप्रमुख जोशीले सात पहाडी जिल्लाको केन्द्रमा रहेको कारण डडेल्धुरामा निर्माण हुने बसपार्क सुदूरपश्चिमकै गौरबको योजना रहेको बताए । 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यालय कैलालीका सब इन्जिनियर डम्बर डाँगीले मालिका–कालिका जेभीले निर्माणको जिम्मा पाएको बता ए।

बसपार्क निर्माणका लागि १० करोड ३० लाख १६ हजार ९९० रुपैयाँमा सम्झौता गरिएको हो । बसपार्क निर्माणको अवधि १७ महिनामा रहेको छ । 

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update