
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा एक महिलाको सिँचाइ कुलोमा लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्थानीय धनादेवी बिष्ट रहेकी छन्।
बिष्ट सोमबार बेलुकी करिब ८ बजेतिर घरनजिकै खेतमा पानी लगाउन गएकी थिइन्। राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा उनी नजिकैको सिँचाइ कुलोमा लडेकी अवस्थामा भेटिइन्। खुट्टा र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी बिष्टलाई तत्कालै उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार बिष्टको निधारमा घाउ र खुट्टामा चोट देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृत्युको यकिन कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताइएको छ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय