Paschim Express
कैलालीमा ८० वर्षीय वृद्ध मृत फेला, भान्जा पक्राउ

कैलाली । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् । बिहीबार लम्कीचुहा नगरपालिका–१ मा ८० वर्षीय नयाँराम जैशी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार जैशी भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत फेला परेका हुन् । घटनाको अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको डीएसपी सिंहले बताए ।

‘शव अहिले पनि घटनास्थलमै छ,’ डीएसपी सिंहले भने, ‘मृतकका छोरा काठमाडौंबाट पुगेपछि मात्रै शव उठाउन भनिएको छ । शव परीक्षण बाँकी भएकाले मृत्युको कारण खुल्न सकेको छैन ।’

डीएसपी सिंहका अनुसार मृतकको शरीरमा चोटपटक पनि छैन । तर, भान्जा नाता पर्ने भण्डारीसँग पहिलेदेखि नै विवाद भएकाले पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी सिंहले बताए । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update