
डडेल्धुरा । एसईई २०८१ को परीक्षामा डडेल्धुराको खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयले अङ्ग्रेजी विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
देशभर अङ्ग्रेजी विषय दोस्रो धेरै एनजी (नन ग्रेड) आउने विषयका रूपमा देखिए पनि महेन्द्र माविका विद्यार्थीहरूले अङ्ग्रेजी विषयमा जिल्लामै सबैभन्दा राम्रो प्रदर्शन गरेका छन् । विद्यालय स्रोतका अनुसार ११ जना विद्यार्थीले अङ्ग्रेजी विषयमा सैद्धान्तिक तर्फ ए प्लस (४.०० जीपीए) प्राप्त गरेका छन् । त्यसैगरी, २२ जना विद्यार्थीले सैद्धान्तिकतर्फ ए ग्रेडसहित सफलता हासिल गरेका छन् ।
कुल १५१ जना परीक्षार्थीमध्ये १४३ जना विद्यार्थीले उत्कृष्ट जीपीएसहित परीक्षा उत्तीर्ण गरेका छन् । विद्यालयका अङ्ग्रेजी शिक्षक ठाकुर भाटका अनुसार यस वर्षको एसईईमा विद्यालयबाट कुल ५७ जना विद्यार्थी समग्र रूपमा उत्तीर्ण भएका छन् ।
सूचना अधिकारी धर्मराज पन्तका अनुसार समग्र जीपीए विवरण यस प्रकार छ :
– ३.०६१ देखि ४.०० जीपीएसम्म ५ जना
– ३.०२१ देखि ३.०६० जीपीएसम्म १२ जना
– २.०८१ देखि ३.०२० जीपीएसम्म १२ जना
– अन्य ग्रेडमा २८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको समर्पण र परिश्रमले यस्तो सफलता सम्भव भएको बताएको छ ।