
कैलाली । कैलालीको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि विद्यालयमै आत्मरक्षा तालिम दिँदै आएका प्रशिक्षकले बलात्कार गरेको उजुरी परेको छ।
तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले ती बालिकालाई ललाईफकाई पटक–पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ। पीडित परिवारले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा घिमिरेविरुद्ध जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार घिमिरेले पछिल्लो पटक ती बालिकालाई ‘घुम्न जाऔं’ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमा लगेर बलात्कार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार घटना बाहिरिनु अघि बालिकाले आफूमाथि यौन दुव्र्यवहार हुँदै आएको कुरा आमालाई बताएकी थिइन्।
जाहेरी दर्ता भएपछि घिमिरे फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।