
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलालीलगायतका जिल्लामा बहने खोलानदीहरूमा बाढीको मध्यम जोखिम रहेको जनाएको छ। जोखिमयुक्त जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मध्यम जोखिम भएका अन्य जिल्लामा दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला र बैतडी छन्।
आज दिउँसो देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबै प्रदेशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार रातिको समयमा पनि धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।