Paschim Express
सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्कियो

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेका सवारीसाधन आपसमा ठोक्किएका छन्।

मंगलबार कैलालीको चिसापानीमा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडीहरू आपसमा ठोक्किएका हुन्।

घटना चिसापानी नजिकैको सडक खण्डमा भएको हो।

मन्त्री पाल चढेको गाडी बा.२ झ १४१९ र मन्त्री सार्की चढेको से.१ झ ३३० नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका थिए। प्रधानमन्त्रीको उपस्थितिका लागि सुरक्षा र तयारीमा उच्च सतर्कता अपनाइएको थियो। तर मन्त्रीद्वय चढेको सवारी ठोक्किँदा कार्यक्रम अगाडि केही समयको तनाव सिर्जना भएको थियो।

दुर्घटनाबाट ठूलो क्षति भने नभएको र सामान्य क्षतिबाहेक मानवीय चोटपटक नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update