
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देब बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो।
प्रहरीका अनुसार अस्पतालमा उपचाररत अवस्थामा साउन १३ गते साँझ ४ः५० बजे उनको मृत्यु भएको हो।
बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०८२ १८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय