Paschim Express
डडेल्धुराको रडुवामा पहिरो, केआइसिंह राजमार्ग अवरुद्व
फाइल फोटो

धनगढी । डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको छ ।

डडेल्धुराको रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार बिहान साढे ८ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।

‘पहिरो हटाउने प्रयास भइरहेको छ,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update