
डडेल्धुरा । लगातारको वर्षाका कारण पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा अवरुद्ध भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडामा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको छन्। डडेल्धुरामा लगातार भारी वर्षा भइरहेकाले सडक खुलाउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पहिरो हटाउने प्रयास भइरहेको छ।
यस्तै केही समय अवरुद्ध बनेको डडेल्धुरा-डोटी जोड्ने केआईसिंह राजमार्ग भने अहिले सुचारु भइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय