Paschim Express
भीमदत्त राजमार्ग खुल्यो, फेरि अवरुद्ध भयो केआइसिंह राजमार्ग

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको लाइफलाइन सडकका रुपमा रहेको भीमदत्त राजमार्ग सुचारु भएको छ । पहिरोले अवरुद्ध भएको राजमार्ग पहिरो हटाएपछि सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार गन्यापधुरा गाउँपालिका– १ स्थित भात्काडामा पहिरो गएपछि अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो ।

यस्तै, डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग भने फेरि अवरुद्ध भएको छ । डडेल्धुराको गन्यापधुरास्थित रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । यसअघि केही समयका लागि राजमार्ग सुचारु भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update