Paschim Express
सुनको मूल्य बढेको बढ्यै, तोलाको दुई लाख ३९ हजार नाघ्यो

धनगढी । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी ३ हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघका जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update