Paschim Express
यी हुन् सुदूरपश्चिमका कारागारबाट भागेर अझै फरार रहेका कैदीबन्दी

धनगढी । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर अझै फरार रहेका कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

कारागार व्यवस्थापन विभागले आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन जारी गरेको छ । 

आन्दोलनका क्रममा सुदूरपश्चिमका छ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सुदूरपश्चिम प्रदेशबाट भागेका एक हजार चार सय ५८ जना कैदीबन्दीमध्ये एक हजार २६ जना मात्रै कारागार फर्किएको जानकारी दिए । उनका अनुसार अझै चार सय ३२ जना कैदीबन्दी फरार छन् । फरारमध्ये १९ जना कैदीबन्दी भारतीय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update