डडेल्धुरा । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रूडुक)ले पपुलेसन कनेक्सन अन्तर्गत सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ।
विद्यालयलाई हस्तान्तरण गरिएको सामग्रीमा गेम सुट (जर्सी) ५८ सेट, मार्सल आर्ट गेम सुट २४ सेट, १ थान भेन्डिङ मेशिन, १ थान इन्सेनेरेटर मेशिन र १०६ थान पुस्तकहरू रहेका छन्।
“रूडुकको सहयोगले किशोरीहरूमा स्वास्थ्य, खेलकुद र आत्मविश्वास विकासमा ठूलो सहयोग पुग्नेछ। हामी विद्यालयको तर्फबाट रूडुक परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छौं” सामग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले भने।
रूडुकले किशोरी सशक्तीकरण कार्यक्रममार्फत किशोरीमैत्री वातावरण सिर्जना, जीवन कौशल विकास र स्वास्थ्य सचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ।







