डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा २२ यात्रु घाइते(नामावलीसहित)
डडेल्धुरा । दाङको लमही नगरपालिका–१ को कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे पुलबाट खोलामा खस्दै दुर्घटनामा परेको छ।
दुर्घटनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेय नेतृत्वको टोलीले तत्काल उद्धारकार्य गर्दै २२ जना घाइतेलाई लमही अस्पताल पुर्याएको छ। अहिले उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
‘२२ जना घाइते अस्पतालमा छन्, जसमध्ये २ जनालाई थप उपचारका लागि बाहिर रिफर गर्नुपर्ने देखिएको छ,’ निरीक्षक पाण्डेले भने। उनका अनुसार बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
बसमा कुल ३८ जना सवार रहेको र ‘पट्टा भाँचिएर’ दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०८२ १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




