Paschim Express
डडेल्धुराको अमरगढी नगरपालिका बन्यो कार्यसम्पादनमा सुदूरपश्चिममै उत्कृष्ट

धनगढी । कार्यसम्पादन मूल्यांकनमा अघिल्लो वर्ष देशभरमै उत्कृष्ट बनेको डडेल्धुराको अमरगढी नगरपालिका यसपटक सुदूरपश्चिममा उत्कृष्ट बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार अमरगढी नगरपालिकाले सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा बढी अंक पाएको हो । उसले ७७.७९ अंक पाएको छ । 

दोस्रोमा रहेको दार्चुलाको अपिहिमाल गाउँपालिकाले ७६.१४, तेस्रोमा रहेको बझाङको साइपाल गाउँपालिकाले ७४.०६, चौथोमा रहेको डोटीको जोरायल गाउँपालिकाले ७५.१९ र पाँचौमा रहेको बझाङकै जयपृथ्वी नगरपालिकाले ७१.४४ अंक पाएको छ । 

सुदूरपश्चिम प्रदेशमा पुछारमा भने दार्चुलाको व्याँस गाउँपालिका छ । उसले ३७.८५ अंक पाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update