देउवा सिंगापुर प्रस्थान, चुनावअघि फर्कने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी चार दिनभित्रै स्वदेश फर्किने बताइएको छ ।
सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् ।
`नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ,´ देउवा सचिवालयले भन्यो ।
सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् । देउवा यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




