डडेल्धुराबाट कांग्रेस महाधिवेशनका लागि ३४ प्रतिनिधि चयन, को-को ?
डडेल्धुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डडेल्धुराबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
पार्टीको महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाअन्तर्गत डडेल्धुराबाट विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधिहरू चयन भएका हुन्।
चयन भएका प्रतिनिधिमा महिला, खुला, श्रमिक, पेशागत, युवा, अपांगता, दलित, जनजाति तथा समानुपातिक समावेशी समूहका प्रतिनिधि छन्।
पार्टीको आन्तरिक विवादबीच प्रतिनिधि चयन गरिएको हो। अर्को पक्ष १५ गतेदेखि महाधिवेशनका लागि अधिवेशन सुरु गर्दै छ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


