सुदूरपश्चिमको वनमन्त्री बन्दै कांग्रेसका शिवराज भट्ट
धनगढी । सुदूरपश्चिमले नौ महिनापछि उद्योग पर्यटन वन तथा वतावरणमन्त्री पाउने भएको छ ।
मन्त्रीमा कांग्रेसका शिवराज भट्टलाई आजै नियुक्ति गरेर सपथ गराउने तयारी छ ।
उक्त मन्त्रालय असारदेखि मन्त्रीविहीन छ । असारमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैसंग राखेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




