सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री भट्टले लिए शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वतावरणमन्त्री शिवराज भट्टले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले प्रदेश प्रमुख नजिर मियाबाट शपथ लिएका हुन् ।
कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले आजै भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए । बैतडीबाट निर्वाचित भट्ट शाहको पहिलो कार्यकालमा आन्तरिक मामिलामन्त्री थिए ।
वन मन्त्रालय ०८२ असारदेखि मन्त्रीविहीन थियो । असारमा प्रदेशका मुख्यमन्त्री शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैसंग राखेका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका थिए । उक्त दल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




