Paschim Express
अमेरिकामा उपचारमा छन् पूर्वमन्त्री देउवा

धनगढी । सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले सात महिनादेखि अमेरिकामा रहेको बताएका छन् ।

उनले सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै सात महिनासम्म आफू अनुपस्थित हुनुको कारणबारे जानकारी गराएका हुन् । उनले आफू अमेरिकामा रहेको र स्वास्थ्य उपचार गराएर चिकित्सकको सल्लाहअनुसार विश्राम लिइरहेको बताएका छन् । 

‘भदौ २८ गते मेरो व्यक्तिगत कामको शिलशिलामा अमेरिका आएको तर केही समयपछि देखापरेको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको छ,’ सभामुखलाई लेखिएको पत्रमा भनिएको छ, ‘सो अवधिमा सञ्चालन भएका प्रदेशसभाका बैठकहरूमा उपस्थित हुन असमर्थ भएको छु । सोही कारणले चैत २४ गते बस्ने बैठकमा समेत उपस्थित हुन नसक्ने अवस्था रहेको जानकारी गराउन चाहन्छु ।’

उनले स्वास्थ्य अवस्था पूर्णरूपमा सुधार भएपछि प्रदेशसभाका बैठकहरूमा नियमित रूपमा उपस्थित हुने पनि बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update