Paschim Express
शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू

काठमाडौँ । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ ।  

मन्त्रालयले  एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटकपटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो । 

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि अनुरोध गरिएको छ। केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update