Paschim Express
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

धनगढी । कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार घाइते छ जनालाई उपचारका लागि धनगढी पठाइएको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update