कैलालीमा हाइसले मोटरसाइकललाई दियो ठक्कर, दुई जनाको मृत्यु
धनगढी । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लम्कीचुवा नगरपालिका– ७ गुलरास्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार लम्किचुहा नगरपालिका– ८ बस्ने ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको हो । दुर्घटनामा दुबै जना गम्भीर घाइते भएपछि उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।
ठक्कर दिने हाइस प्रहरीको नियन्त्रणमा छ भने फरार रहेका चालकको खोजी भइरहेको छ । हाइस धनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



