डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
धनगढी । डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।
धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



