Paschim Express
डडेल्धुराका सिडिओ कोइरालाको पाँच महिनामै सरुवा

डडेल्धुरा । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको पाँच महिनामै सरुवा भएको छ ।

कोइरालाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा भएको हो । 

कोइरालाले २०८२ मंसिर १२ गतेदेखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारी भने पठाइएको छैन । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update