धनगढीमा युवती बलात्कार गरेको आरोपमा डडेल्धुराका युवक पक्राउ
धनगढी । कैलालीको धनगढीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
युवकले ती महिलालाई धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



