Paschim Express
डडेल्धुराको कैलाश सामुदायिक वनका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र सदस्य डील्लीरत्न श्रेष्ठको इजलासले सामुदायिक वनको कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ हिनामिना प्रकरणमा दोषी ठहर गरेको हो ।

अदालतले मडैलाई सामुदायिक वनको रकम हिनामिनामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको छ । 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update