सुदूरपश्चिममा कांग्रेसको प्रमुख सचेतकमा खड्का
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सरस्वती खड्का नियुक्त भएकी छन् ।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
खड्का अहिले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री हुन् । यसअघि प्रमुख समेतक रहेका विक्रमसिंह धामीले राजीनामा दिएपछि खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
प्रदेश सरकारमा कांग्रेसको कोटाबाट मन्त्री रहेका सबैलाई फिर्ता बोलाएर मुख्यमन्त्रीले नयाँ नियुक्त गर्दैछन् ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ १६:०१
प्रतिक्रिया दिनुहोस्



