डडेल्धुरामा रुखमा चढेर घाँस काट्दा करेन्ट लागेर शाहीको मृत्यु
डडेल्धुराः डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएकको छ।
हिजो(आइतबार) जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो।
साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




