![डडेल्धुरा र कञ्चनपुरका १-१ सहित २३ प्रहरी सम्पर्कविहिन [नामावलीसहित]](https://www.paschimexpress.com/uploads/posts/Desktop582_704342494-1711416748.jpg)
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । जसमा डडेल्धुराको अजयमेरु गाउँपालिका-३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा-६ घर भएका प्रहरी सहायक निरीक्षक कमल राना पनि रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय