डडेल्धुरा । नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी घोषणा गरेको सय दिने विशेषअभियान डडेल्धुरामा पनि सुरु भएको छ । कांग्रेसका केन्द्रीय सदस्य डा। रणबहादुर रावलले बिहीबार एक कार्यक्रमकाबीच पार्टी कार्यालयमा उक्त अभियानको शुभारम्भ गरेका छन् ।
कांग्रेस पार्टी कार्यालय तुफानडाँडामा आयोजना भएको शुभारम्भ कार्यक्रममा जिल्लाबाट आएका सुझावलाई केन्द्रीय कार्यसमितिमा प्रतिवेदनको रुपमा बुझाउने, जनता र जनप्रतिनिधिबीच समन्वय तथा सहजीकरण गर्ने तथा गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको डा रावलले बताए ।
यस्तै गाउँ, टोलमा गएर छलफल तथा भेटघाट गरी विकासका एजेन्डाबारे स्थानीयसँग छलफल गर्ने र पार्टीका आन्तरिक विषयमा पनि गहन छलफल गर्ने अभियानको उद्देश्य रहेको बताइको छ ।
अभियान पुस १६ गतेसम्म सञ्चालन हुने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए ।