डोटीको पूवीचौकी–६ मा पनि कांग्रेस विजयी
डोटी । डोटीको पूर्विचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मतसहित विजयी भएका छन्।
आज सम्पन्न उपनिर्वाचनको नतिजामा उनका प्रतिद्वन्दी नेकपा (एमाले) का देव थापाले ३०१ मत पाएका छन्। यस्तै नेकपा (माओवादी केन्द्र) का देवीलाल थापाले २६, राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी खड्का कुँवर ३१ मत पाएका छन्।
यस अगाडि दार्चुलाको दुहुँ गाउँपालिका-५ को उपचुनावमा पनि काङ्ग्रेसका धनसिंह कुँवर विजयी भएका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ २२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय




