Paschim Express
राजतन्त्र फर्किने माहोल देखिएको छैन : सभापति देउवा

धनगढी ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाल राजतन्त्र पुनर्स्थापना हुने कुनै माहोल नरहेको बताएका छन् ।

धनगढीमा आयोजित कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्घाटन गर्न पुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् । उनले भने, "खै, मैले त केही माहोल देखेको छैन ।"

सभापति देउवाले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म यथावत् रहने स्पष्ट पारे । साथै, उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै सम्पन्न हुने दाबी गरे।   पत्रकारहरूले महाधिवेशनबारे प्रश्न गरे, उनले टाउको हल्लाउँदै भने, "समयमै हुन्छ ।"

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update