Paschim Express
नेविसंघ डडेल्धुरा–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा टिकेश भट्ट चयन

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुरा–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिका निवासी टिकेश भट्ट चयन भएका छन्।

नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरका अनुसार, संगठनको आन्तरिक संरचना विस्तार गर्दै कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन नेविसंघको विधान २०२७ बमोजिम सम्पर्क समिति गठन तथा पदाधिकारी चयन गरिएको हो।

समितिमा उपाध्यक्षहरू महेश रावल, खगराज गिरि, निरज देउवा, दिनेश विक, यशोदा भट्ट र बबिता मल्ल रहेका छन्। 

सचिवमा दुर्गेश नाथ, सुरज मल्ल डम्बर सिंह ऐडी, विनोद साउद, चेत पनेरु, हिमाल पाल र अमन पाण्डेय छन् भने सह-सचिव तथा कोषाध्यक्षको जिम्मेवारी मनिषा ठकुराठीले पाएकी छन्। सदस्यहरूमा आदित्य भट्ट, रोशन देउवा, निशा रावल र लोकराज जोशी चयन भएका छन्।

समितिका पदाधिकारीलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐर, पद्मा कन्या क्याम्पसका निवर्तमान स्ववियु सभापति ज्योति पनेरु, केन्द्रीय सदस्य भुवन भट्ट, राजेन्द्र साउद र जगदीश भट्ट लगायतले काठमाडौँमा डडेल्धुराका विद्यार्थीको आवाज सशक्त रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update