
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप तथा पूर्णसंस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार पालिकालाई प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको हो ।
घरमा हुने प्रसूति शून्य भएपछि पालिकालाई पूर्णसंस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा समेटिएको योजना र लक्ष्यअनुसार नै पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए । अध्यक्ष भट्टले उक्त उपलब्धि हासिल गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय