
कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सार्ने चर्चा चुलिँदै जाँदा गोदावरी क्षेत्रमा राजनीतिक तरंग चर्किएको छ। राजधानी सार्ने विषयमा असन्तुष्टि जनाउँदै गोदावरी नगरपालिकामा बुधबार सर्वदलीय बैठक आयोजना गरिएको छ।
गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको पहलमा भएको उक्त बैठकमा सहभागी राजनीतिक दलका प्रमुख नेताहरूले राजधानी स्थायी रूपमा गोदावरीमै राख्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम, प्रदेशसभा सदस्यहरू तुलसी देवकोटा, खिमा देवी बिष्ट, जानकी पौडेल कुँवर, पूर्वमन्त्री कृष्णराज सुवेदी, एमाले नेताहरू गोकर्ण भट्ट र खम्ब बुढा, कांग्रेस नेताहरू वसन्त रोकाया र बीर बहादुर चोखाल, माओवादी केन्द्रका धर्म कुँवर र मेघराज भट्ट, जनमोर्चाका नन्दराज भट्टलगायतको उपस्थिति थियो।
उपस्थित सबै नेताहरूले राजधानी सार्ने विषयमा खुलेर असन्तुष्टि जनाए। उनीहरूले राजधानी गोदावरीमै स्थायी रूपमा स्थापना गर्नुपर्ने माग गर्दै दबाब सिर्जना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले प्रदेशसभाको दुई तिहाइ निर्णय अनुसार गोदावरी नै राजधानी हो भन्दै अब कार्यान्वयनमा कमजोरी हुन नहुने धारणा राखे। मेयर भट्टले समेत राजधानीको संरचना निर्माण प्रक्रिया सुरु भइसकेको र अन्य विकल्प खोज्नु गैरजिम्मेवार हुने बताए।