Paschim Express
डडेल्धुरा अस्पतालमा  विभिन्न कार्यक्रम गरी बिश्व स्तनपान सप्ताह शुरु 

डडेल्धुरा : डडेल्धुरा अस्पताल, डडेल्धुराले बिश्व स्तनपान दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरि सप्ताह शुरु गरिएको छ ।

डडेल्धुरा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा शुरु गरीएकाे स्तनपान सप्ताह कार्यक्रममा नाटक, गित र स्वास्थ्य शिक्षा कार्यक्रम गरिएकाे हाे ।  ‘स्तनपानलाई प्राथमिकता दिऔं । सहयोगी वातावरण निर्माण गरौंं ।’ भन्ने नारा साथ यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।  विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो ।नाटक कार्यक्रम गर्दै स्वास्थ्यकर्मि
स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । सप्ताहिक कार्यक्रम अन्तगत स्वास्थ्यकर्मीहरुले बिरामी र अभिभावकहरुलाई लक्षित गरी नाटक प्रर्दशन, स्तनपान सम्बन्धी गीत गायन कार्यक्रम, स्वास्थ्य शिक्षा प्रदान गरि सप्ताहको शुरुवात गरिएको डडेल्धुरा अस्पतालका नर्सिङ्ग अधिकृत नाओमी बुढाले बताउनुभयो ।

स्तनपानको महत्वबारे स्थानीय जनसमुदायमा जनचेतना अभिबृद्धि गराउने र स्तनपानलाई प्रथामिकता दिने साथै स्तनपानलाई दिगो र सहयोगी वातावरण निर्माण गर्ने मुख्य उद्देश्यका साथ विश्व स्तनपान सप्ताहको पहिलो दिन डडेल्धुरा अस्पतालले बिभिन्न कार्यक्रम गरेको नर्सिङ्ग अधिकृत बुढाले बताउनुभयाे ।

Naomi-1754051188.jpeg

सो कार्यक्रममा डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुधा देवकोटा, निमित्त नर्सिङ्ग प्रमुख टिका रावत, अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम राज बोहरा, बहुउद्देश्यीय विकास समाजका प्रकाश मडैं, स्वास्थ्य कार्यालय डडेल्धुराका अधिकृत हरिप्रसाद भट्ट लगायतका ब्यक्तिहरु गरि करिब सय भन्दा बढी जनाको सहभागिता रहेको थियो ।
स्तनपान अमृत समान, आमाको बिगौती दुध बच्चाको पहिलो खोप, बच्चा जन्मिएको एक घण्टा भित्र स्तनपान शुरु, छ महिनासम्म पुर्ण स्तनपान, छ महिना पछि पुरक खानासँगै दुई बर्षसम्म निरन्तर स्तनपान गराउने लगायतका सन्देश दिने खालका नाटक, गितहरु प्रस्तुत गरिएको थियो भने स्वास्थ्य शिक्षाको शिर्षकहरुमा आमाको दुधको महत्व, स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाईदाहरु, स्तनपान नराउँदाका बेफाईदाहरु, स्तनपानको मात्रा, पटक र मातृपोषण सम्बन्धमा जनचेतना मुलक कार्यक्रम गरिएको थियो । a0757039-3bcc-4c51-a8dd-09a7ac75bb67-1754047914.jpeg
स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टर तथा नर्सहरु बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update