
डडेल्धुरा :डडेल्धुरा अस्पताल डडेल्धुराले बिश्व स्तनपान सप्ताहको दोस्रो दिन बिभिन्न कार्यक्रम गरि मनाएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, अमरगढी नगरपालिका र स्वास्थ्य कार्यालय, डडेल्धुराको समन्वयमा बजार क्षेत्रमा शान्ती ¥याली आयोजना बिश्व स्तनपान सप्ताह कार्यक्रम गरिएको हो ।
स्थानीयहरुलाई जनचेतना फैलाउन स्तनपान सम्बन्धीका जनचेतना मुलक पोष्टरहरु बोकेर डडेल्धुरा सदरमुकाम क्षेत्रमा कार्यक्रम गरिएको डडेल्धुरा अस्पताल डडेल्धुराकी नर्सिङ्ग अधिकृत नाओमी बुढाले बताउनुभयो ।
जनचेचना मुलक कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, अमरगढी नगरपालिका र स्वास्थ्य कार्यालय, डडेल्धुरा र अस्पतालका नर्सिङ्ग, अरु कर्मचारीहरु गरि ४५ जना भन्दा बढी सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०८२ २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय